;kmntfsf] syf
जिल्ला कैलाली टीकापुर १
ज्योतीनगरमा बसोबास गर्दै आइरहेकी २३ वर्षिया लक्ष्मी गिरी विवाहित महिला हुन ।
उनी आफ्नो माईति पट्टीको ६ जना दाजु
दीदीभाई मध्यकी माईली छोरी हुन् उनको आमा बुबाले कृषि गरेर आफ्ना ६ वटा छोरा छोरीलाई पढाउन सक्ने स्थीति थिएन
त्यस कारण उनी वैवाहिक जीवनमा बाधीनु k/\of] यता तिर
पनि उनको परिवारमा उनको श्रीमान् ३ वटा
देवर, सासु ,ससुरा र आफु लगायत जम्मा ७ जनाको परिवार संख्या छ उनको ७
जनाको परिवार कृषिमा आधारित छ साथ साथै बाख्रा र भैसी
पाल्दै आएका छन् । यसरी ७ जनाको परिवारलाई सानो तिनो कृषि र भैसी बाख्रा बेचेर आएको
पैसाले मानवीय आवश्यकता परिपुर्ति गर्न गाह्रो भएपछी उनको श्रीमानले पनि उच्च शिक्षा हाँसिल गर्न सक्नु भएन परिवारको आर्थिक समस्यालाई टार्न र परिवारमा केही राहत पुरर्याउन विदेशीनु पर्यो ।
सासु ,ससुरा र आफु मिलेर रात दिन
घोटीएर महेनत गर्दा पनि कृषिबाट उव्जनी भएको अन्न
खान मात्र पुग्ने अन्य cfवश्यकता पुरा नभए पछी कनै आयमुलक सीप तालिमको
खाजिमा भैतारिनु पर्यो निM शुल्क तालिम कसैले पनि नदिने
शुल्क तिरेर सीप सिक्न सक्ने उनको आर्थिक क्षमता थिएन तैपनि उनले भैतारिन छोडिनन्
जता भेट्यो तेतै पत्रपत्रिका हेर्ने, रेडीयो सुन्ने, गर्दै आईन्
२०१५ मा रिड नेपाल र रेष्टलेस डेभ्लोप्मेन्ट नेपालले
टीकापुर सामुदायिक पुस्तकालय मार्फत व्यावसायिक तालिम दिएको भनि टीकापुर सामुदायिक पुस्तकालयले निकालेको विज्ञापनका साथै आफन्त दीपिका शाहीबाट सिलाई कटाई व्यावसायिक तालिमको बारेमा जानकारी
पाईन् र उक्त व्यावसायिक सीप तालिममा छनौट भईन् । उनले यो तालिम निकै महेनत र परिश्रमका साथ लिईन् फलस्वरुप व्यावसायिक बन्न सफल
भईन् उनले सिलाई कटाई व्यावसाय खोल्दा किसान बहुउद्देश्यी सहकारी संस्था
लिमिटेडबाट रु १,८०,००० कर्जा निकाली २ ओटा सिलाई
मसिन, १ ओटा इन्टरलक मसिन, सिलाई कटाई सामाग्री, र बाँकी फेन्सी कपडा समेत आफ्नो पसलमा राखेकी छन् ।
अहिले लक्ष्मी गिरी यसो भन्छिन् “पुस्तकालयले मलाई यस व्यावसायिक तालिममा समावेस
नगराएको भए सायद मेरो स्थीति घरको चुल्हो चौकोमै वित्थो होला तर यस टीकापुर सामुदायिक पुस्तकालयले मलाई
तालिममा समावेशम गराई व्यावसायिक बन्न उत्प्रेरणा प्रदान गरि मेरो जीवन चक्रमा नयाँ मोड ल्याईदिएकोमा म सहयोगि संस्था रिड नेपाल र
रेष्टलेस डेभ्लोप्मेन्ट नेपाल, टीकापुर सामुदायिक
पुस्तकालय परिवारका साथै सिलाई कटाई प्रशिक्षिका सरिता न्यौपानेलाई धेरै धेरै
धन्यवाद दिन चाँहान्छु ।
No comments:
Post a Comment