Saturday, May 20, 2017

तस्विर अाफै बाेल्छ ।।

            हर्क मौनी , मिति २०७४/०२/०६ गते यस टीकापुर सामुदायिक पुस्तकालयमा अाएका प्रयाेगकर्ता हरुकाे उपस्थित निकै राम्राे थियाे ।

Friday, May 19, 2017

रेस्टलेस डेभ्लोपमेन्ट नेपालले दियाे नयाँ जिवन


जिल्ला कैलाली टीकापुर १ ज्योतीनगरमा बसोबास गर्दै आइरहेकी २३ वर्षिया लक्ष्मी गिरी विवाहित महिला हुन । उनी  आफ्नो माईति पट्टीको ६ जना दाजु दीदीभाई मध्यकी माईली छोरी हुन् उनको आमा बुबाले   कृषि गरेर आफ्ना  ६ वटा छोरा छोरीलाई पढाउन सक्ने स्थीति थिएन त्यस कारण उनी वैवाहिक जीवनमा बाधीनु k/\of]  यता तिर पनि उनको परिवारमा उनको श्रीमान् ३ वटा देवर, सासु ससुरा र आफु लगाएर जम्मा ७ जनाको परिवार संख्या छ उनको ७ जनाको परिवार कृषिमा आधारित छ साथै बाख्रा र भैसी पाल्दै आएका छन् । यसरी ७ जनाको परिवारलाई सानो तिनो कृषि र भैसी बाख्रा बेचेर आएको पैसाले मानवीय आवश्यकता परिपुर्ति गर्न गाह्रो भएपछी उनको श्रीमानले पनि उच्च शिक्षा हासिल गर्न सक्नु भएन परिवारको आर्थिक समस्यालाई टार्न र परिवारमा केही राहत पुर्रयाउन विदेशीनु पर्यो ।
सासु ससुरा र आफु मिलेर रात दिन घोटीएर महेनत गर्दा पनि कृषिबाट उव्जनी भएको अन्न  खान मात्र पुग्ने अन्य cfवश्यकता पुरा नभए पछी कनै आयमुलक सीप तालिमको खाजिमा  भैतारिनु पर्यो नि शुल्क तालिम कसैले पनि नदिने शुल्क तिरेर सीप सिक्न सक्ने उनको आर्थिक क्षमता थिएन तैपनि उनले भैतारिन छोडिनन् जता भेट्यो तेतै पत्रपत्रिका हेर्ने, रेडीयो सुन्ने, गर्दै आईन्
२०१५ मा रिड नेपाल र रेष्टलेस डेभ्लोप्मेन्ट नेपालले टीकापुर सामुदायिक पुस्तकालय मार्फत व्यावसायिक तालिम  दिएको भनि टीकापुर सामुदायिक पुस्तकालयले निकालेको विज्ञापनका साथै आफन्त दीपिका शाहीबाट सिलाई कटाई व्यावसायिक तालिमको बारेमा जानकारी पाईन् र उक्त व्यावसायिक सीप तालिममा छनौट भईन् । उनले ये तालिम निकै महेनत परिश्रमका साथ लिईन् फलस्वरुप व्यावसायिक बन्न सफल भईन् उनले सिलाई कटाई व्यावसाय खोल्दा किसान बहुउद्देश्यी सहकारी संस्था लिमिटेडबाट रु १,८०,००० कर्जा निकाली २ ओटा सिलाई मसिन, १ ओटा इन्टरलक मसिन, सिलाई कटाई सामाग्री, र बाँकी फेन्सी कपडा समेत आफ्नो पसलमा राखेकी छन् ।
अहिले सम्म उनले ४ जना भन्दा बढीलाई रु ३५० का दरले ३ महिने सिलाई कटाई सम्बन्धी तालिम ६ महिना सम्म दीईसकेकी छन् र आफुले राखेको टेलर नजिकैका टेलर भन्दा आप्नो टेलरमा बढी ग्राहाकहरु आउने उनी बताउछिन् । उनको व्यावसायबाट मासिक कम्तिमा १६,००० जति आम्दानि हुने बताउँछीन् । एक्लै व्यावसाय समाल्न गाह्रो परेपछी उनले श्रीमानलाई भारतबाट फिर्ता बोलाईन् र आफुलाई सघाउनुका साथै कुनै सीप सिक्न प्रेरीत गरिन् अहिले लक्ष्मी आफ्नो कम्तिमा १६,००० जतिको आम्दानिबाट प्रति महिना रु २००० तिरी श्रीमानलाई ड्रभिङ्ग सीप सिकादैछिन् व्यावसायका लागि सटर भाडामा लिए वाफत् रु ३००० साहुलाई बुझउन्छिन् ३ हजारले घर खर्च चलाई बाँकी बचत भएको पैसाले उनले व्यावसाय खोल्दा निकालेको १,८०,००० कर्जाबाट १,४०,००० कर्जा चुक्ता गर्न सफल भएकी छन् । संग संगै एउटा देवरलाई यही व्यावसायको आड र भरोसामा आय आर्जनको लागि विदेश सम्म पठाएकी छिन् अहिले उनको पहिलेको जस्तो अवस्था छैन् आफ्नो आवश्यकता आफै पुरा  गर्छिन् साथै परिवारमा पनि आफ्नो तर्फबाट राहात पुर्याएकी छिन् उनमा व्यावसाय प्रतिको जोश जागर र लगन अझै बढ्दै गएको उनी बताउन्छिन् 
अहिले लक्ष्मी गिरी यसो भन्छिन् पुस्तकालयले मलाई यस व्यावसायिक तालिममा समावेस नगराएको भए सायद मेरो स्थीति घरको चुल्हो चौकोमै वित्थो होला  तर यस टीकापुर सामुदायिक पुस्तकालयले मलाई तालिममा समावेशम गराई व्यावसायिक बन्न उत्प्रेरणा प्रदान गरि मेरो जीवन चक्रमा नयाँ मोड ल्याईदिएकोमा म सहयोगि संस्था रिड नेपाल र रेष्टलेस डेभ्लोप्मेन्ट नेपाल, टीकापुर सामुदायिक पुस्तकालय परिवारका साथै सिलाई कटाई प्रशिक्षिका सरिता न्यौपानेलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु     

Thursday, May 18, 2017

टीकापुर सामुदायिक पुस्तकालय बन्यो अन्य पुस्तकालय निर्माणका लागी नमुना पुस्तकालय ।

             रीड नेपालकाे सहयाेगमा देश भरिमा ६६ वटा लाइव्रेरी स्थापना भएका मध्य कैलाली िजल्लामा अवस्थित टीकापुर सामुदायिक पुस्तकालय पनि यसै संस्था मातहतको पुस्तकालय हो । टीकापुर सामुदायिक पुस्तकालयको पहलमा कैलालीमै निर्माण भएका पुस्तकालय (भानु सामुदायिक स्रोत पुस्तकालय नारायणपुर ८, सत्ति, र जनता सामुदायिक पुस्तकालय भजनी ) हुन् यि दुईओटा स्याटेलाईट पुस्तकालय निर्माण गरि आफु हब पुस्तकालयको रुपमा काम गरिरहेको छ ।साथै विद्यालयमा पनि पुस्तकालयको आवश्यकता परेकाले  पुस्तकालय निर्माणका लागि टीकापुर सामुदायिक पुस्तकालय नमुनाका रुपमा प्रस्तुत भएको छ ।  जस्तै उदाहरणका लागि श्री राष्ट्रिय माध्यमिक विद्यालय डहरबेरिया जोशीपुर ४ का प्रधानाध्यापक सो विद्यालयमा पुस्तकालय स्थापनाका लागी चाहिने आवश्यक सामाग्रीहरु, तिनिहरुको बनोट, प्रयोग गर्ने तरिकाका साथै थुप्रै कुराहरु सोधपुछद्धरा जानकारी लिदै केही बस्तुहरुको नमुनाका लागि फोटो समेत उतार्दै मिति २०७४/०१/२८ गतेका दिन टीकापुर सामुदायिक पुस्तकालयमा ।

Wednesday, May 10, 2017

आइसिटीले दिलायो जागिर



आइसिटीले दिलायो जागिर
टीकापुर नगरपालिका ब्लक न. १ बस्ने वर्ष १८ की  दिपा न्यौपाने मध्यम परिवारमा हुर्केकी न्यौपाने हाल टिकापुर बहुमुखी क्याम्पस्मा बि.बि.एस प्रथम बर्ष अध्ययनरत् छिन् । उनको जम्मा ९ (नौ जनाको सयुक्त परिवारमा सबै मिलेर बसेका छन् । आफ्नो परिवारमा सबै जना मिलेर बसेको  देख्दा उनी आफूलाई निकै भाग्यमानी पनि  मान्दछिन् । उनको पारिवारिक आर्थिक अवस्था पनि मध्यम नै रहेको छ । उनका सबै साथीहरु पुस्तकालयमा आएर कम्प्युुटर सिकेको  देखेर उनी पनि पुस्तकालयमा नै कम्प्युटर सिक्न आएकी हुन् ।  पुस्तकालय आउनु भन्दा अगाडि उनलाई कम्प्युटरको कुनै पनि ज्ञान थिएन । उनले निरन्तर ३ महिना सम्म यस पुस्तकालयमा कम्प्युटर सिकेकी हुन् । कम्प्युटर सिकिसकेपछि उनको जिवनमा ठूलो परिवर्तन पनि आयो यस टीकापुर बजारमा यसै बर्ष स्थापना भएको प्रभु मनिट्रान्सफरमा  काम गर्ने अवसर पाउँदा एका तर्फ आफ्नो खर्च निकै सजिलो सँग चल्ने र कम्प्युटर ज्ञानलाई  प्रयोगात्मक रुपमा अझ बढि बढाउन सकिने उनी बताउँछिन् । आफ्नो मनिट्रान्सफरमा सजिलै काम गर्न सक्ने पनि भएकी छिन् र कुनै काममा समस्या  आएमा यस पुस्तकालयमा आइ त्यसको समस्याको समाधान पनि खोज्ने गर्दछिन् ।  जसले गर्दा उनी टीकापुर सामुदायिक पुस्तकालय प्रति नै सकरात्मक छिन्     उनले  भन्ने गर्दछिन्  सहयोगी संस्था रिड नेपाल, टीकापुर सामुदायिक पुस्तकालय र प्रशिक्षक सर हर्क मौनी  लाई धेरै धेरै धन्यवाद पनि प्रकट गर्न चाहान्छु ।