आइसिटीले दिलायो जागिर
आइसिटीले
दिलायो जागिर
टीकापुर नगरपालिका ब्लक न. १ बस्ने वर्ष १८
की दिपा न्यौपाने मध्यम परिवारमा हुर्केकी
न्यौपाने हाल टिकापुर बहुमुखी क्याम्पस्मा बि.बि.एस प्रथम बर्ष अध्ययनरत् छिन् ।
उनको जम्मा ९ (नौ जनाको सयुक्त परिवारमा सबै मिलेर बसेका छन् । आफ्नो परिवारमा सबै
जना मिलेर बसेको देख्दा उनी आफूलाई निकै
भाग्यमानी पनि मान्दछिन् । उनको पारिवारिक
आर्थिक अवस्था पनि मध्यम नै रहेको छ । उनका सबै साथीहरु पुस्तकालयमा आएर
कम्प्युुटर सिकेको देखेर उनी पनि
पुस्तकालयमा नै कम्प्युटर सिक्न आएकी हुन् ।
पुस्तकालय आउनु भन्दा अगाडि उनलाई कम्प्युटरको कुनै पनि ज्ञान थिएन । उनले
निरन्तर ३ महिना सम्म यस पुस्तकालयमा कम्प्युटर सिकेकी हुन् । कम्प्युटर
सिकिसकेपछि उनको जिवनमा ठूलो परिवर्तन पनि आयो यस टीकापुर बजारमा यसै बर्ष स्थापना
भएको प्रभु मनिट्रान्सफरमा काम गर्ने अवसर
पाउँदा “एका तर्फ आफ्नो खर्च निकै सजिलो सँग चल्ने र
कम्प्युटर ज्ञानलाई प्रयोगात्मक रुपमा अझ
बढि बढाउन सकिने उनी बताउँछिन्” । आफ्नो
मनिट्रान्सफरमा सजिलै काम गर्न सक्ने पनि भएकी छिन् र कुनै काममा समस्या आएमा यस पुस्तकालयमा आइ त्यसको समस्याको समाधान
पनि खोज्ने गर्दछिन् । जसले गर्दा उनी
टीकापुर सामुदायिक पुस्तकालय प्रति नै सकरात्मक छिन् र
उनले भन्ने गर्दछिन् सहयोगी संस्था रिड नेपाल, टीकापुर सामुदायिक पुस्तकालय र प्रशिक्षक सर
हर्क मौनी लाई धेरै धेरै धन्यवाद पनि
प्रकट गर्न चाहान्छु ।
No comments:
Post a Comment