Tuesday, September 27, 2016

कम्प्युटर सिकिसकेपछिका दिनहरु




सफलताको कथा
                 
जिल्ला , बर्द्धिया बाट  पढाईको सिलसिलामा कैलाली जिल्लाको टिकापुर बहुमुखी क्याम्पसमा बि एड तेस्रो वर्ष अध्ययनरत् छात्रा उर्मिला चौधरी भाडामा बसेर अध्ययन गर्ने गर्दथिन ।उनी सामान्य  आर्थिक स्थिती न्यून भएको परिवारमा हुर्केकी उर्मिला चौधरी  उनको परिवारमा आमा/बुबा  दुई  बहिनी गरी पाँच जनाको परिवार छ आर्थिक अवस्था कमजोरका साथै आमा/बुबा ले पनि पुरानो कृषि प्रणाली अपनाइ खेती पाति गर्ने गर्दछन् । जसले गर्दा खानालाई मात्र पुग्ने गर्दछ ।अरु मानवीय आवश्यकता पुरा गर्न एकदमै समस्या पर्ने गर्दछ+२ पास आमा/बुबाको जेनतेन आर्थिक सहयोगले पास गरी सकेपछि अब केही गरी पढ्नु पर्छ भन्ने उदेश्यले पढाई अगाडि बढाएर पनि कुनै काम नपाएपछी अंकलको सुचना पाएर यस पुस्तकालयमा कम्प्युटर सिक्न आएकी हुन्  अहिले सम्म कम्प्युटर   शिक्षा बाट बन्चित उर्मिला हाल आएर टिकापुर सामुदायिक पुस्तकालयमा कम्प्युटर सिकिरहेकी छिन् ।  उनलाई कम्प्युटर भनेको धेरै असम्भब जस्तो लाग्ने गर्दथ्यो ।  कम्प्युटर  शिक्षाको महत्व बुझेर पनि  सिक्न नसकेकी उनी हाल आएर आफ्नो समुहमा सबैभन्दा अगाडि नै आफ्नो दैनिक पाठयोजना सकी साथीहरुलाई पनि सहयोग गर्ने गर्दथिन । उनी निकै नै इमान्दार ,अनुशासनर मेहनती पनि छिन् तर पनि उनलाई शैक्षिक योग्यता अनुसारको काम विगतका दिन  देखी  मिलेको थिएन । समान्य परिवारमा हुर्केकी उनी कामका लागि सारै नै भौतारिनु परेको थियो।हाल आएर टीकापुर सामुदायिक पुस्तकालय नजिकै रहेकोशुभ लक्ष्मी अफसेट प्रेस
मा आफ्नो दैनिकि त्यसैमा बिताउने गर्दथिन् ।उर्मिला चौधरीका अनुसार: " म त्यहाँ हाल  कम्प्युटर सम्बन्धी सामान्य काम लगायत अन्य कार्यालय सँग सम्बन्धित काम गर्ने  गर्दछु। अहिले सम्म कुनै काम पाएको थिएन हाल बेसिक कम्प्युटर सिकाईले मासिक रु ४५०० कमाउने गर्दछु । जसले गर्दा मेरो जिवनमा धेरै नै परिर्वतन पाएको छु ।यसले गर्दा मैले मेरो कोठा भाडा ,पढाई खर्च,आफ्नो व्यत्तिगत जिवनलाई अगाडि बढाउन सक्छु । आजको २१ ‌औ शताब्दीमा  कम्प्युटर बिना सबै कार्य अधुरो रहन्छ ।म यो सहयोगका लागि टीकापुर सामुदायिक पुस्तकालय परिवार र यो प्रोग्राम टीकापुर सम्म पुर्याउने संस्था रिड नेपाल प्रति निकै नै अभार  प्रकट गर्न चाहान्छु । साथै मेरो आदरणिय शिक्षक श्री हर्क मौनी सरलाई पनि भत्रै देखि धन्याद दिन चाहान्छु ।" भनी टीकापुर सामुदायिक पुस्तकालयलाई जानकारी दिनुभयो ।


















2 comments: