Saturday, September 3, 2016

Teej special 2073.......



टीकापुर सामुदायिक पुस्तकालयमा विभिन्न कक्ष मध्ये आइसिटी कक्ष पनि एक विशेष कक्ष हो । यस कक्षमा यस टीकापुर क्षेत्रमा रहेका युवाहरु,गृहणि बालबालिका तथा वृद्धलाई समेत निशुल्क प्रशिक्षण दिइरहेको छ । मिति २०७३ साल भाद्र १७ गतेका दिन टीकापुर सामुदायिक पुस्तकालय भित्र आइसिटी कक्षको आयोजनामा आइसिटी प्रयोगकर्ता तथा महिला दिदि बहिनीहरुलाई तिज विशेष कार्यक्रम अन्र्तगत दरखुवाई भभ्य एंवम सभ्य तरिकाले स्वागत गरियो । यस कार्यक्रममा विभिन्न स्टेजमा प्रोग्राम चलाकी तथा एफ.एम तिर कार्यक्रम समेत बाचन गरेकी पूर्व आइसिटी प्रयोगकर्ता आकृति विस्ट द्धारा उद्घोषण भइरहेको थियो । उक्त कार्यक्रमका सभादध्यक्ष  आइसिटी प्रसाशक हर्क मौनी ज्यू ,मुख्य अतिथि महिला संयोजक श्री योजना अधिकारी ज्यू, विशिष्ट अतिथि सल्लाहाकार संयोयक श्री उदयराम अधिकारी त्यस्तै गरी यस पुस्तकालयका अध्यक्ष श्री धाञ्जय तिमिल्सिना ज्यू ,सचिव श्री जगत बोहरा ज्यू रहनु भई युवा नेतृत्व  तथा खेलकुद उपसमितिका संयोजक श्री झपट सोडारी, श्री रमिता न्यौपाने(सामाजिक परिचालक) र पत्रकार पदम सापकोटा ज्यू, झलनाथ खनाल ज्यू  युवा नेतृत्व सदस्य बाट रहेको थियो । उक्त कार्यक्रम महिला दिदि बहिनीको नृत्य बाट निकै रोचक तथा आकर्षण तरिकाले सम्पन्न गरिएको थियो । यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने रिड नेपालका आइसिटी कोडिनेटर श्री अर्जुन महर्जन ,यस पुस्तकालयका अध्यक्ष धनञ्जय तिमिल्सिना, कोषाध्यक्ष नरेन्द्र कठायत, पुस्तकालयका सदस्य एवंम युवा तथा खेलकुद उपसमितिका संयोजक झपट बहादुर सोडारी, सदस्य दिल बहादुर ठकुल्ला, मोती मा.वि. मोतिनगर ,कैलाली र ओमेगा ट्युसन (अशोक पाण्डे) सबै सहयोगी कर्ताहरुलाई विशेष धन्यवाद।




No comments:

Post a Comment