Thursday, August 11, 2016

जानकारी सम्बन्धमा ।



विषय : जानकारी सम्बन्धमा ।

    उपरोक्त सम्बन्धमा नेपाली देशभक्त युवा समाज र युवा नेतृत्व तथा खेलकुद उपसमिति टीकापुर सामुदायिक पुस्तकालयको सहितको संयुक्त आयोजना  तथा खड्ग स्मृति प्रतिष्ठान टीकापुरको सहकार्यमा अन्र्तराष्ट्रिय युवा दिवसकोउपलक्ष्यमा सप्ताह व्यापी विविध कार्यक्रमहरु  गरिने भएकोले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं ।
कार्यक्रम समय तालिका
१) २०७३ श्रावण २८ गते शुक्रबार दिउँसो १ देखि टीकापुरको खुल्ला मञ्च (हाटबजार)
बाट खड्ग चोकमा नेपाली राष्ट्रिय झण्डा फरफराउने कार्यक्रम सहित दिउँसो ३ बजे देखि खुल्ला मञ्चमा कलाकार ,पत्रकार  तथा संचारकर्मीहरुको समूह र नेपाली देशभक्त युवा समाजको समूह बिच मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुने ।
२) २०७३ श्रावण २९ गते शनिबार बिहान ११–०० बजे देखि देशभक्ति भावको सडक नाटक
  साथै दिउँसो १२ बजे देखि सामुदायिक पुस्तकालयमा रक्तदान शिविर सञ्चालन हुने ।
३) २०७३ श्रावण ३० गते आइतबार सडक नाटक सहित टीकापुर परिसर सरसफाई
  अभियान सञ्चालन हुने ।
४) २०७३ श्रावण ३१ गते सोमबार सुखडमा वृक्षरोपण गरिने ।
५) २०७३ श्रावण ३२ गते मंगलबार श्री पशुपति प्रा.वि टिकापुर ६ शंकरपुरमा वृक्षरोपण गरिने ।
६) २०७३ भदौं १ गते बुधबार टीकापुर नगरपालिकाको सपिङ्ग कम्प्लेक्स परिसरमा वृक्षरोपण गरिने ।
७) २०७३ भदौं २ गते बिहिबार सामुदायिक पुस्तकालय सभाहलमा प्रशंसा पत्र वितरण तथा
  समापन कार्यक्रम गरिने ।
                                                                     हर्क मौनी
आइसिटी प्रसाशक

No comments:

Post a Comment