प्रशुन चौधरी
हालै यसै वर्ष स्थापना भएको नेपाल एकीकृत
दिगो विकास संगठन रिक्त रहेको लेखापाल पदमा उनले दरखास्त दिए पछि उनको नाम त्यस संगठनमा पर्न सफल भयो । जसमा अनिवार्य बेसिक कम्प्युटर पनि मागेको पनि थियो । त्यस संस्थाले समाजमा विभिन्न
किसिमको तालिम चलाई रहेको छ । उनले हाल
त्यस संस्थामा लेखापालको काम र कहिले काँही महिनाको दुई तीन पटक
कम्प्युटरमा प्रक्टीकल पनि गराउन हुन्छ ।
उनले त्यस संस्थामा काम पाए देखि
साह्रै नै खुशी रहेका छन् । उनले ४ वर्ष सम्म टीकापुर क्षेत्रमा भाडामा
बस्दा उनलाई आर्थिक समस्या निकै पर्ने गर्दथ्यो र सोका लागि खर्च घरबाट माग गर्दा
बुबाआमाको धेरै नै कुरा सुन्नु पर्ने र
कोठा भाडा , शिक्षण शुल्क समेत तिर्न गाह्रो हुने गर्दथ्यो
। त्यही भएर उनी आफ्नो जिवन देखि धेरै नै लज्जित हुने गर्थे । घरबाट कमाउने कोही
नहुदा घरमा पैसा माग्न पनि गाह्रो थियो ।फलस्वरुप
उनले टीकापुर सामुदायिक पुस्तकालयको सुचना मार्फत कम्प्युटर सिक्ने अवसर प्राप्त गरे । कम्प्युटर
बेसिक कोर्षको प्रमाण पत्र पाई सके पछि
त्यहीको आधारमा नेपाल एकीकृत दिगो विकास संगठन
काम गर्ने अवसर प्राप्त गरिन् र मासिक १५००० का
दरले कमाउन थाले पछि उनको जिवनमा निकै नै परिर्वतन आएको जस्तो लाग्यो र अहिले
कोठा भाडा , श्रीमती
बहिनीफुपूलाई सबैको पढाई सजिलै सँग टार्न
सकिन भएको छ र मासिक केही रकम बैंकमा बचत पनि गर्छ भन्ने गर्दछन् । । जसले गर्दा
उनको बुबा आमालाई निकै नै राहत भएको छ ।
उनले भन्छन् यदि मैले कम्प्युटर नसिकेको भए मेरो अवस्था अहिले उही ४ बर्ष देखि निरन्तर काम गरी रहेको पसलमा
हुन्थ्यो होला । टीकापुर सामुदायिक पुस्तकालयमा
कम्प्युटर सिकिसकपछि उनी नियमित लाइब्रेरी आउने पत्रपत्रिका , पुस्तक
पढ्ने र इन्टरनेटको सदुपयोग गर्ने गर्छन अर्थात यस पुस्तकालयको निमिक्ति उनी
नियमित पठाक पनि बनी सकेका छन् । साथै
मेरो जिवनलाई सफल पार्नको लागि बाटो अगाडि देखाई दिएकोमा टीकापुर सामुदायिक
पुस्तकालय र प्रशिक्षक सर हर्क मौनी लाई
धेरै धेरै धन्यवाद पनि प्रकट गर्न चाहान्छु ।
No comments:
Post a Comment