Thursday, October 6, 2016

३ महिने हाते कढाई व्यावसायिक तालिम पुस्तकालयमा समापन




३ महिने हाते कढाई व्यावसायिक तालिम पुस्तकालयमा समापन



टीकापुर सामुदायिक पुस्तकालयमा रिड नेपाल र त्यसको छातामुनि संचालित  अन्य संस्थामध्ये रेस्टलेस डेभ्लोपमेन्ट नेपाल ९च्इत्ब्० को सहयोगमा संचालित ३ महिने हाते कढाई व्यावसायिक सीप तालिमको समापन कार्यक्रम पुस्तकालयका अध्यक्ष धनञ्जय तिमिल्सिनाको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भयो ।सो कार्यक्रमका प्रमुख अतिथि सल्लाहकार समितिका संयोजक पूर्वअध्यक्ष उदयराम अधिकारी हुनुहुन्थ्यो ।
उक्त्त कार्यक्रममा स्वागत भाषण पुस्तकालयका उपाध्यक्ष पूर्णप्रसाद रेग्मीले गर्नुभयो भने मन्तव्यमा कोषाध्यक्ष नरेन्द्र बहादुर कठायत ,  सदस्य तारा प्रसाद जोशी, योजना अधिकारी , बिना सोडारी, खम्ब ठकुल्ला  हातेकढाइ तालिम प्रशिक्षक आशा चौधरीले मन्तव्य व्यक्त गरेका थिए । सहभागिका तर्फबाट राजकुमारी चौधरीले बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन सह सचिव ध्रुव बहादुर रावलले गर्नु भएको थियो ।
सो कार्यक्रममा मन्तव्य दाताहरुले हातेकढाईबाट लाभान्वित समूह(प्रशिक्षार्थी)ले हासिल गरेका सीप प्रस्तुत गरेकोमा प्रशंसा गर्दै त्यसैबाट जीवीको पार्जन चलाउन शुभकाना मन्तव्य व्यक्त्त गर्नु भएको थियो । अगामी दिनम पनि यस्तै व्यावसायिक तालिमहरुगराउँदै जाने प्रतिबद्धता पनि आफ्नो मन्तव्यमा अध्यक्षले व्यक्त्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।

2 comments:

  1. Very Impressive Program. And nice to see all of you together

    ReplyDelete
  2. And Restless Development Organization READ Nepalko chhata muni sanchalit organization haina hai publisher suggestion,,, Restless is independent organization, jointly working with READ Nepal to implement ROTA Project, specially youth component.

    ReplyDelete