आइसिटीले दियो थप उर्जा
आइसिटीले
दियो थप उर्जा

जिल्ला
कैलाली टीकापुर नगरपालिका ब्लक न. २१ बस्ने वर्ष ४६ का सर्वानन्द चपाई शारिरिक तथा मानसिक रुपमा
तन्दरुस्ट साथै पेशामा नासु पदमा मालपोत कार्यालय टीकापुरमा कार्यरत् हुनुहुन्छ ।
उहाँको परिवारमा श्रीमान्÷श्रीमती
र दुई छोरी गरी जम्मा ४(चार) जनाको सानो अनि सुखी परिवार रहेको छ । उहाँको पारिवारिक
आर्थिक अवस्था मध्यम वर्गीय रहेको छ । पुस्तकालय आउनु भन्दा अगाडि उहाँलाई कम्प्युटरको
कुनै पनि ज्ञान थिएन। उहाँ टीकापुर
सामुदायिक पुस्तकालयले निकालेको सूचना अनुसार यस पुस्तकालयमा कम्प्युटर सिक्न आउनु
भएको हो । उहाँले निरन्तर ३ महिना यस पुस्तकालयमा कम्प्युटर सिक्नु भएको हो ।
कम्प्युटर सिकिसकेपछि उहाँको जिवनमा थप उर्जा पालएको छ। कार्यालयमा पहिला चिठी
पत्र हातले लेखेर सेवा ग्राहीलाई सेवा
दिनु प्रथ्यो भने अब सबै काम उहाँ आफैले कम्प्युटरमा लेखेर सेवाग्राहीलाई
पहिलेभन्दा छिटो सेवा दिन
सक्ने बताउँहुन्छ । कम्प्युटर सिकी सकेपछि एउटै कामलाई
दुई चोटी टाइप गर्नु प्रदैन ।पहिला म त्यही कुरा सेवाग्राहीलाई सेवा दिदाँ
प्रत्येक सेवा ग्राहीलाई हातले लेखेर दिने गर्थे अब भने त्यो झन्झटबाट मुक्त्त भए । उहाँ टीकापुर सामुदायिक पुस्तकालय प्रति नै सकरात्मक हुनुहुन्छ र उहाँले
मलाई भन्नुहुथ्थो
–“मलाई तपाईको कम्प्युटर सिकाउने शैली बडो
रमाइलो लाग्यो साना बच्चा देखि वृद्ध उमेर समुह सबैलाई आनन्द पार्नुहुन्छ।” मेरो जिवनलाई थप उर्जा दिएकोमा सहयोगी संस्था रिड नेपाल, टीकापुर सामुदायिक पुस्तकालय र प्रशिक्षक सर
हर्क मौनी लाई धेरै धेरै धन्यवाद पनि
प्रकट गर्न चाहान्छु । भनी टीकापुर सामुदायिक पुस्तकालयलाई जानकारी दिनुभयो ।
No comments:
Post a Comment