Friday, October 13, 2017

व्यावसायिक बन्नमा पुस्तकालयको सहयोग ।



                सफलताको कथा

      जिल्ला कैलाली भजनी नगरपालिका २ राजबारा गाँउमा बस्दै आएकी ३५ वर्षिया राजकुमारी चौधरी एक न्यून वर्गिय महिला हुन् । उनको परिवारमा उनि, उनका श्रीमान् सासु, ससुरा १ छोरा र ३ वटा छोरी गरी जम्मा ८ जनाको परिवार संख्या छ । उनले गाँउकै भजनी महुन्याल स्कुलबाट १७ वर्षाको उमेरमा  s.l .c पास गरेकी थिईन् उच्च  शिक्षा हाँसिल गर्ने इच्छा हुदा हुदै पनि १२ जनाको परिवारलाई अर्थिक अवस्थाले थेग्न नसक्दा परिवारकै करकापले उनी १७ वर्षाकै उमेरमा विवाहमा बाँधिनु पर्यो । उनको परिवारको आयआर्जनको मुख्य स्रोत भनेको नै कृषि हो
       आर्थिक अभावका कारण खेतीमा पनि आवश्यकता अनुसारको मलजल दिन नसक्दा उत्पादन राम्रो हुन्थ्यन कुनै कुनै बर्ष त खान पनि अपुगै हुन्थ्यो यसरी ८ जनाको परिवारलाई सानो तिनो कृषि र भेडा बाख्रा बेचेर आएको पैसाले मानवीय आवश्यकता परिपुर्ति गर्न गाह्रो पर्यो परिवारका सबै सदस्य मिलेर रात दिन घोटीएर महेनत गर्दा पनि कृषिबाट उव्जनी भएको अन्न खान मात्र पुग्ने अन्य cfवश्यकता पुरा  गर्न गाह्रो परेपछी परिवारमा राहत पुर्याउन उनले सानो तिनो जगिर खोज्दा पनि कसैले नदिने तर पनि उनी चुप बसिनन् जागिर नमिले के भो सीप सिकेर केही गर्छु भन्ने उनमा दृढ इच्छा पलायो त्यसपछि उनले आयमुलक सीप तालिमको खाजिमा भैतारिनु पर्यो निM शुल्क तालिम कसैले पनि नदिने शुल्क तिरेर सीप सिक्न सक्ने उनको आर्थिक क्षमता थिएन तैपनि उनले भैतारिन छोडिनन् जता भेट्यो तेतै पत्रपत्रिका हेर्ने, रेडियो सुन्ने, गर्दै आईन्
        २०१ मा रिड नेपाल र रेष्टलेस डेभ्लोप्मेन्ट नेपालले टीकापुर सामुदायिक पुस्तकालय मार्फत व्यावसायिक तालिम  दिएको भनि टीकापुर सामुदायिक पुस्तकालयले निकालेको विज्ञापनका साथै आफन्त बहिनी शान्ति चौधरीबाट र टीकापुर सामुदायिक पुस्तकालयका कोषाध्यक्ष नरेन्द्र कठायतबाट हाते कढाई व्यावसायिक तालिमको बारेमा जानकारी पाईन् र उक्त व्यावसायिक सीप तालिममा छनौट भईन् । उनले यो तालिम निकै महेनत परिश्रमका साथ लिईन् तालिम पश्चात् म व्यावसायिक बन्न सक्छु भन्ने दृढ विश्वास उनमा जाग्यो र गाँउकै महिला समुहबाट ६०,००० हजार रुपैयाँ ऋण निकाली कढाईका सामान र केही कस्मेटिक सामानहरु राखी उनी व्यावसायिक बन्न सफल भएकी छन् ।
      अहिले सम्म उनले अडर अनुसारका थुप्रै कपडाहरु कढाई गरिसकेकी छन् जस्तै प्रत्यकको मुल्य रु १,५०० सय पर्ने गरी २८ वटा बुलाउज, रु ५०० पर्ने गरी १५ वटा सल, रु २,००० पर्ने गरी ६ ‌ओटा सारी, र रु ३०० पर्ने गरी ४ वटा घुम्टीहरुबाट जम्मा रु ६२,७०० आम्दानि भएको उनि बताउन्छिन् साथै केही कढाईका सामानहरु र केही कस्मेटिक सामानहरुबाट मासिक रु १२,००० सम्मको आम्दानि हुने पनि उनी बताउन्छिन् । संगै ४ जनालाई रु १५०० सयका दरले ३ महिने हाते कढाई तालिम दिईरहेको पनि उनी बताउन्छिन् । उनको यो रु १२,००० हजार जतिको आम्दिनबाट व्यावसायका लागि सटर भाडा रु ३,००० हजार साहुलाई बुझाउन्छिन् र आवश्यक मात्रामा घरखर्च चलाई  बाँकी बचत भएको पैसाले व्यावसाय गर्दा लागेको ऋण चुक्ता गर्न सफल भएकी छन् ।
      संगै आफ्नो माईली छोरीलाई यही व्यावसायको आड र भरोसामा स्टाफ नर्स समेत पढाउदैछिन् अहिले उनको पहिलेको जस्तो अवस्था छैन् आफ्नो आवश्यकता आफै पुरा गर्न सक्छिन् साथै परिवारमा पनि आफ्नो तर्फबाट राहात पुर्याएकी छिन् उनमा व्यावसाय प्रतिको जोश जागर र लगन अझै बढ्दै गएको उनी बताउन्छिन् साथै मान्छे जस्तोसुकै अवस्थामा भए पनि आँट गर्न सके सफल भईदो रहेछ भन्ने कुरामा पनि म विसोस्थ छु भन्ने उनी बतान्छिन् ।
      अहिले रामकुमारी चौधरी यसो भन्छिन् पुस्तकालयले मलाई यस व्यावसायिक तालिममा समावेस नगराएको भए सायद मेरो स्थीति घरको चुल्हो चौकोमै वित्थो होला तर यस टीकापुर सामुदायिक पुस्तकालयले मलाई तालिममा समावेशम गराई व्यावसायिक बन्न उत्प्रेरणा प्रदान गरि मेरो जीवन चक्रमा नयाँ मोड ल्याईदिएकोमा म सहयोगि संस्था रिड नेपाल र रेष्टलेस डेभ्लोप्मेन्ट नेपाल, टीकापुर सामुदायिक पुस्तकालय परिवारका साथै हाते कढाई प्रशिक्षिका आशा चौधरीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु, साथै यस्ता तालिमहरु फेरी फेरी ल्याई म जस्तै सबै महिलाहरुको जीवन स्तर उकास्नमा यस संस्थाले सधैव सहयोग गरोस् भन्ने म चाहान्छु     








No comments:

Post a Comment