राजु चौधरी
जिल्ला कैलाली
टीकापुर नगरपालिका वर्ष २१ का राजु
चौधरी कक्षा १२ मा अध्ययरत् निकै मेहेनती
पनि रहेका छन् । उनको परिवारमा आमा बुबा, दिदी, दाजु÷भाउजु र भतिजी गरी
गरी जम्मा ७ (सात) जनाको परिवार रहेको छ ।
उनको पारिवारिक आर्थिक अवस्था न्यून रहेको
छ । बुबाको पेशा कृषिमा आधारित भएको हुनाले
र परिवारमा अरु सदस्य समेत कमाउने नभएकोले उनको पारिवारिक जिवनशैली एकदमै
दैनिय रहेको छ । राजु चौधरी पठाई खर्च निकाल्नको लागि ९ महिना सम्म मित्र राष्ट्र भारतमा काम पनि गर्न गएका
थिए । अब आफ्नो देशमा सिप सिकेर केही गर्नु पर्छ भन्ने मानसिकता लिएर नेपालमा आई
दिदीको सहयोग द्धारा टीकापुर सामुदायिक पुस्तकालयले निकालेको सुचना अनुसार उनले
बिहानको समय निकाली यस टीकापुर सामुदायिक पुस्तकालयमा कम्प्युटर सिक्न आउथ्ये
। उनले कम्प्युटर सिक्ने क्रममा निकै
मेहनतका साथ अभ्यास गरिरहन्थे । उनले
नियमित ३ महिना सम्म कम्युटर बेसिक कोर्ष सिके र त्यसपछि लगायत अहिले आफ्नो
अभ्यासको लागि पुस्तकालयमा आउने गर्ने गर्दछन् । हाल उनी एक दक्ष प्रशिक्षक बन्न
सक्ने आँट उनीमा रहेको छ । यस टीकापुर सामुदायिक पुस्तकालयमा अहिले नियमित रुपमा
सिकिरहेका बेसिक सिकिरहेका विद्यार्थीहरुलाई उनले मजाले सिकाउन सक्ने दक्ष जनशक्ति
उनीमा देखा पर्नुको साथै प्रशिक्षक सर हर्क मौनीलाई पनि कक्षा धेरै सहयोग गर्ने
गर्दछन् । अब उनले डेस्कटप काम लगायत अन्य कम्प्युटर सम्बन्धी काम गर्न सक्छु
भन्ने विश्वास बढेको छ ।

हालै यसै यस
पुस्तकालयको युवा नेतृत्व उपसमिति फेरबदल गर्दा यस युवा समितिको खेलकुद अगुवा
सदस्यको रुपमा पनि नचयन भएका छन् । उनी यस पुस्तकालयमा नियमित आउने गदर्दछन् र
उनेको व्यवहार एकदमै मिलनसार भएको हुदाँ पनि भाइ राजु लाई यस समितिमा राखिएको हो ।
यस समितिमा उनी नियमित बैठकको बेला पनि आउने गर्दछन् ।
उनले भन्छन् “अहिले यस पुस्तकालयमा
आए देखि मैले धेरै साथी बनाउन पाएको छु ।
साथै २१ शब्तादीमा कम्प्युटर शिक्षा बाट बन्चित भइरहको थिए । त्यसको
सदुपयोग गर्न पाए र नयाँ सिप पनि सिक्न
पाए । म मा जोश जाँगर बढेको छ । मेरो
जिवनलाई सफल पार्नको लागि बाटो अगाडि देखाई दिएकोमा टीकापुर सामुदायिक पुस्तकालय र
प्रशिक्षक सर हर्क मौनी लाई धेरै धेरै
धन्यवाद पनि प्रकट गर्न चाहान्छु । र यस पुस्तकालयमा सूचना प्रविधि तथा सञ्चार
कक्ष स्थापना गर्न सहयोग गर्ने सहयोगी संस्था रिड नेपाललाई पनि धन्यवाद दिन
चाहान्छु”
राजु चौधरी
९८००६५३३२५
No comments:
Post a Comment