Friday, May 19, 2017

रेस्टलेस डेभ्लोपमेन्ट नेपालले दियाे नयाँ जिवन


जिल्ला कैलाली टीकापुर १ ज्योतीनगरमा बसोबास गर्दै आइरहेकी २३ वर्षिया लक्ष्मी गिरी विवाहित महिला हुन । उनी  आफ्नो माईति पट्टीको ६ जना दाजु दीदीभाई मध्यकी माईली छोरी हुन् उनको आमा बुबाले   कृषि गरेर आफ्ना  ६ वटा छोरा छोरीलाई पढाउन सक्ने स्थीति थिएन त्यस कारण उनी वैवाहिक जीवनमा बाधीनु k/\of]  यता तिर पनि उनको परिवारमा उनको श्रीमान् ३ वटा देवर, सासु ससुरा र आफु लगाएर जम्मा ७ जनाको परिवार संख्या छ उनको ७ जनाको परिवार कृषिमा आधारित छ साथै बाख्रा र भैसी पाल्दै आएका छन् । यसरी ७ जनाको परिवारलाई सानो तिनो कृषि र भैसी बाख्रा बेचेर आएको पैसाले मानवीय आवश्यकता परिपुर्ति गर्न गाह्रो भएपछी उनको श्रीमानले पनि उच्च शिक्षा हासिल गर्न सक्नु भएन परिवारको आर्थिक समस्यालाई टार्न र परिवारमा केही राहत पुर्रयाउन विदेशीनु पर्यो ।
सासु ससुरा र आफु मिलेर रात दिन घोटीएर महेनत गर्दा पनि कृषिबाट उव्जनी भएको अन्न  खान मात्र पुग्ने अन्य cfवश्यकता पुरा नभए पछी कनै आयमुलक सीप तालिमको खाजिमा  भैतारिनु पर्यो नि शुल्क तालिम कसैले पनि नदिने शुल्क तिरेर सीप सिक्न सक्ने उनको आर्थिक क्षमता थिएन तैपनि उनले भैतारिन छोडिनन् जता भेट्यो तेतै पत्रपत्रिका हेर्ने, रेडीयो सुन्ने, गर्दै आईन्
२०१५ मा रिड नेपाल र रेष्टलेस डेभ्लोप्मेन्ट नेपालले टीकापुर सामुदायिक पुस्तकालय मार्फत व्यावसायिक तालिम  दिएको भनि टीकापुर सामुदायिक पुस्तकालयले निकालेको विज्ञापनका साथै आफन्त दीपिका शाहीबाट सिलाई कटाई व्यावसायिक तालिमको बारेमा जानकारी पाईन् र उक्त व्यावसायिक सीप तालिममा छनौट भईन् । उनले ये तालिम निकै महेनत परिश्रमका साथ लिईन् फलस्वरुप व्यावसायिक बन्न सफल भईन् उनले सिलाई कटाई व्यावसाय खोल्दा किसान बहुउद्देश्यी सहकारी संस्था लिमिटेडबाट रु १,८०,००० कर्जा निकाली २ ओटा सिलाई मसिन, १ ओटा इन्टरलक मसिन, सिलाई कटाई सामाग्री, र बाँकी फेन्सी कपडा समेत आफ्नो पसलमा राखेकी छन् ।
अहिले सम्म उनले ४ जना भन्दा बढीलाई रु ३५० का दरले ३ महिने सिलाई कटाई सम्बन्धी तालिम ६ महिना सम्म दीईसकेकी छन् र आफुले राखेको टेलर नजिकैका टेलर भन्दा आप्नो टेलरमा बढी ग्राहाकहरु आउने उनी बताउछिन् । उनको व्यावसायबाट मासिक कम्तिमा १६,००० जति आम्दानि हुने बताउँछीन् । एक्लै व्यावसाय समाल्न गाह्रो परेपछी उनले श्रीमानलाई भारतबाट फिर्ता बोलाईन् र आफुलाई सघाउनुका साथै कुनै सीप सिक्न प्रेरीत गरिन् अहिले लक्ष्मी आफ्नो कम्तिमा १६,००० जतिको आम्दानिबाट प्रति महिना रु २००० तिरी श्रीमानलाई ड्रभिङ्ग सीप सिकादैछिन् व्यावसायका लागि सटर भाडामा लिए वाफत् रु ३००० साहुलाई बुझउन्छिन् ३ हजारले घर खर्च चलाई बाँकी बचत भएको पैसाले उनले व्यावसाय खोल्दा निकालेको १,८०,००० कर्जाबाट १,४०,००० कर्जा चुक्ता गर्न सफल भएकी छन् । संग संगै एउटा देवरलाई यही व्यावसायको आड र भरोसामा आय आर्जनको लागि विदेश सम्म पठाएकी छिन् अहिले उनको पहिलेको जस्तो अवस्था छैन् आफ्नो आवश्यकता आफै पुरा  गर्छिन् साथै परिवारमा पनि आफ्नो तर्फबाट राहात पुर्याएकी छिन् उनमा व्यावसाय प्रतिको जोश जागर र लगन अझै बढ्दै गएको उनी बताउन्छिन् 
अहिले लक्ष्मी गिरी यसो भन्छिन् पुस्तकालयले मलाई यस व्यावसायिक तालिममा समावेस नगराएको भए सायद मेरो स्थीति घरको चुल्हो चौकोमै वित्थो होला  तर यस टीकापुर सामुदायिक पुस्तकालयले मलाई तालिममा समावेशम गराई व्यावसायिक बन्न उत्प्रेरणा प्रदान गरि मेरो जीवन चक्रमा नयाँ मोड ल्याईदिएकोमा म सहयोगि संस्था रिड नेपाल र रेष्टलेस डेभ्लोप्मेन्ट नेपाल, टीकापुर सामुदायिक पुस्तकालय परिवारका साथै सिलाई कटाई प्रशिक्षिका सरिता न्यौपानेलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु     

1 comment:

  1. Casino Games - JTM Hub
    Welcome to Jambore. Jambore. Welcome to our Casino 보령 출장마사지 Games 춘천 출장샵 store. 제주도 출장샵 Our selection of Casino games is filled with 충청남도 출장샵 online slots, 안양 출장안마 live dealer casino games,

    ReplyDelete