Tuesday, October 18, 2016

आइसिटीले दियो थप उर्जा



आइसिटीले दियो थप उर्जा
जिल्ला कैलाली टीकापुर नगरपालिका ब्लक न. २१ बस्ने वर्ष ४६ का  सर्वानन्द चपाई शारिरिक तथा मानसिक रुपमा तन्दरुस्ट साथै पेशामा नासु पदमा मालपोत कार्यालय टीकापुरमा कार्यरत् हुनुहुन्छ । उहाँको परिवारमा श्रीमान्÷श्रीमती   र दुई छोरी गरी जम्मा ४(चार) जनाको सानो अनि सुखी परिवार रहेको छ । उहाँको पारिवारिक आर्थिक अवस्था मध्यम वर्गीय रहेको छ । पुस्तकालय आउनु भन्दा अगाडि उहाँलाई कम्प्युटरको कुनै पनि ज्ञान थिएन। उहाँ टीकापुर सामुदायिक पुस्तकालयले निकालेको सूचना अनुसार यस पुस्तकालयमा कम्प्युटर सिक्न आउनु भएको हो । उहाँले निरन्तर ३ महिना यस पुस्तकालयमा कम्प्युटर सिक्नु भएको हो । कम्प्युटर सिकिसकेपछि उहाँको जिवनमा थप उर्जा पालएको छ। कार्यालयमा पहिला चिठी पत्र हातले लेखेर  सेवा ग्राहीलाई सेवा दिनु प्रथ्यो भने अब सबै काम उहाँ आफैले कम्प्युटरमा लेखेर सेवाग्राहीलाई पहिलेभन्दा छिटो सेवा दिन
सक्ने बताउँहुन्छ । कम्प्युटर सिकी सकेपछि एउटै कामलाई दुई चोटी टाइप गर्नु प्रदैन ।पहिला म त्यही कुरा सेवाग्राहीलाई सेवा दिदाँ प्रत्येक सेवा ग्राहीलाई हातले लेखेर दिने गर्थे अब भने त्यो झन्झटबाट मुक्त्त भए उहाँ टीकापुर सामुदायिक पुस्तकालय प्रति नै सकरात्मक हुनुहुन्छ    उहाँले मलाई भन्नुहुथ्थो मलाई तपाईको कम्प्युटर सिकाउने शैली बडो रमाइलो लाग्यो साना बच्चा देखि वृद्ध उमेर समुह सबैलाई आनन्द पार्नुहुन्छ। मेरो जिवनलाई थप उर्जा दिएकोमा  सहयोगी संस्था रिड नेपाल, टीकापुर सामुदायिक पुस्तकालय र प्रशिक्षक सर हर्क मौनी  लाई धेरै धेरै धन्यवाद पनि प्रकट गर्न चाहान्छु । भनी टीकापुर सामुदायिक पुस्तकालयलाई जानकारी दिनुभयो ।





Thursday, October 6, 2016

३ महिने हाते कढाई व्यावसायिक तालिम पुस्तकालयमा समापन




३ महिने हाते कढाई व्यावसायिक तालिम पुस्तकालयमा समापन



टीकापुर सामुदायिक पुस्तकालयमा रिड नेपाल र त्यसको छातामुनि संचालित  अन्य संस्थामध्ये रेस्टलेस डेभ्लोपमेन्ट नेपाल ९च्इत्ब्० को सहयोगमा संचालित ३ महिने हाते कढाई व्यावसायिक सीप तालिमको समापन कार्यक्रम पुस्तकालयका अध्यक्ष धनञ्जय तिमिल्सिनाको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भयो ।सो कार्यक्रमका प्रमुख अतिथि सल्लाहकार समितिका संयोजक पूर्वअध्यक्ष उदयराम अधिकारी हुनुहुन्थ्यो ।
उक्त्त कार्यक्रममा स्वागत भाषण पुस्तकालयका उपाध्यक्ष पूर्णप्रसाद रेग्मीले गर्नुभयो भने मन्तव्यमा कोषाध्यक्ष नरेन्द्र बहादुर कठायत ,  सदस्य तारा प्रसाद जोशी, योजना अधिकारी , बिना सोडारी, खम्ब ठकुल्ला  हातेकढाइ तालिम प्रशिक्षक आशा चौधरीले मन्तव्य व्यक्त गरेका थिए । सहभागिका तर्फबाट राजकुमारी चौधरीले बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन सह सचिव ध्रुव बहादुर रावलले गर्नु भएको थियो ।
सो कार्यक्रममा मन्तव्य दाताहरुले हातेकढाईबाट लाभान्वित समूह(प्रशिक्षार्थी)ले हासिल गरेका सीप प्रस्तुत गरेकोमा प्रशंसा गर्दै त्यसैबाट जीवीको पार्जन चलाउन शुभकाना मन्तव्य व्यक्त्त गर्नु भएको थियो । अगामी दिनम पनि यस्तै व्यावसायिक तालिमहरुगराउँदै जाने प्रतिबद्धता पनि आफ्नो मन्तव्यमा अध्यक्षले व्यक्त्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।

Tuesday, September 27, 2016

कम्प्युटर सिकिसकेपछिका दिनहरु




सफलताको कथा
                 
जिल्ला , बर्द्धिया बाट  पढाईको सिलसिलामा कैलाली जिल्लाको टिकापुर बहुमुखी क्याम्पसमा बि एड तेस्रो वर्ष अध्ययनरत् छात्रा उर्मिला चौधरी भाडामा बसेर अध्ययन गर्ने गर्दथिन ।उनी सामान्य  आर्थिक स्थिती न्यून भएको परिवारमा हुर्केकी उर्मिला चौधरी  उनको परिवारमा आमा/बुबा  दुई  बहिनी गरी पाँच जनाको परिवार छ आर्थिक अवस्था कमजोरका साथै आमा/बुबा ले पनि पुरानो कृषि प्रणाली अपनाइ खेती पाति गर्ने गर्दछन् । जसले गर्दा खानालाई मात्र पुग्ने गर्दछ ।अरु मानवीय आवश्यकता पुरा गर्न एकदमै समस्या पर्ने गर्दछ+२ पास आमा/बुबाको जेनतेन आर्थिक सहयोगले पास गरी सकेपछि अब केही गरी पढ्नु पर्छ भन्ने उदेश्यले पढाई अगाडि बढाएर पनि कुनै काम नपाएपछी अंकलको सुचना पाएर यस पुस्तकालयमा कम्प्युटर सिक्न आएकी हुन्  अहिले सम्म कम्प्युटर   शिक्षा बाट बन्चित उर्मिला हाल आएर टिकापुर सामुदायिक पुस्तकालयमा कम्प्युटर सिकिरहेकी छिन् ।  उनलाई कम्प्युटर भनेको धेरै असम्भब जस्तो लाग्ने गर्दथ्यो ।  कम्प्युटर  शिक्षाको महत्व बुझेर पनि  सिक्न नसकेकी उनी हाल आएर आफ्नो समुहमा सबैभन्दा अगाडि नै आफ्नो दैनिक पाठयोजना सकी साथीहरुलाई पनि सहयोग गर्ने गर्दथिन । उनी निकै नै इमान्दार ,अनुशासनर मेहनती पनि छिन् तर पनि उनलाई शैक्षिक योग्यता अनुसारको काम विगतका दिन  देखी  मिलेको थिएन । समान्य परिवारमा हुर्केकी उनी कामका लागि सारै नै भौतारिनु परेको थियो।हाल आएर टीकापुर सामुदायिक पुस्तकालय नजिकै रहेकोशुभ लक्ष्मी अफसेट प्रेस
मा आफ्नो दैनिकि त्यसैमा बिताउने गर्दथिन् ।उर्मिला चौधरीका अनुसार: " म त्यहाँ हाल  कम्प्युटर सम्बन्धी सामान्य काम लगायत अन्य कार्यालय सँग सम्बन्धित काम गर्ने  गर्दछु। अहिले सम्म कुनै काम पाएको थिएन हाल बेसिक कम्प्युटर सिकाईले मासिक रु ४५०० कमाउने गर्दछु । जसले गर्दा मेरो जिवनमा धेरै नै परिर्वतन पाएको छु ।यसले गर्दा मैले मेरो कोठा भाडा ,पढाई खर्च,आफ्नो व्यत्तिगत जिवनलाई अगाडि बढाउन सक्छु । आजको २१ ‌औ शताब्दीमा  कम्प्युटर बिना सबै कार्य अधुरो रहन्छ ।म यो सहयोगका लागि टीकापुर सामुदायिक पुस्तकालय परिवार र यो प्रोग्राम टीकापुर सम्म पुर्याउने संस्था रिड नेपाल प्रति निकै नै अभार  प्रकट गर्न चाहान्छु । साथै मेरो आदरणिय शिक्षक श्री हर्क मौनी सरलाई पनि भत्रै देखि धन्याद दिन चाहान्छु ।" भनी टीकापुर सामुदायिक पुस्तकालयलाई जानकारी दिनुभयो ।