Tuesday, June 20, 2017

कम्प्युटर अपरेटर हुनमा टीकापुर पुस्तकालयको सहयोग



टीकापुर नगरपालिका ब्लक न. १ बस्ने ३० बर्षीया  जगत कुमारी जैसी  विवाहित महिला हुन् ।  उहाँको जम्मा ४ चार जनाको एकल परिवार मिलेर बस्नु भएको छ । आफ्नो परिवारमा सबै जना मिलेर बसेको  देख्दा उहाँ आफूलाई निकै भाग्यमानी पनि  मान्नुहुन्छ। उहाँको पारिवारिक आर्थिक अवस्था पनि मध्यम नै रहेको छ । उहाँको श्रीमान् सामाधान न्यूज पत्रिकाको सम्पादकको रुपमा काम गरी रहनु भएको छ । त्यस सामाधान न्यूजको कम्प्युटर अपरेटरको रुपमा  काम गरेवापत मासिक रु ७००० अपरेटरको तलब बापत भुक्तानी गर्नु  पर्थ्यो । जब यस टीकापुर सामुदायिक पुस्तकालयमा रिड नेपाल द्धारा सञ्चालन गरेको निशुल्क कम्प्युटर बेसिक कक्षामा साँझ बिहान घरको कामबाट फुर्सद मिलाई यस पुस्तकालयमा दिउँसोको समयमा कम्प्युटर सिकी सके पछी अचेल त्यस पत्रिकाको अपरेटरको रुपमा आफै काम गरी रहनु भएको  छ साथै मासिक रु ७००० अरुलाई तिर्ने रकम पनि बचत भएको छ ।  उहाँले यस पुस्तकालयमा अफिस प्रोग्राम ,इन्टरनेट र पेज मेकर प्रोग्राम मात्र सिक्नु भएको हो । पुस्तकालय आउनु भन्दा अगाडि उहाँलाई कम्प्युटरको कुनै पनि ज्ञान थिएन । उहाँले निरन्तर ३ महिना सम्म यस पुस्तकालयमा कम्प्युटर सिक्नु भएको हो । कम्प्युटर सिकिसकेपछि उहाँको जिवनमा ठूलो परिवर्तन पनि आयो ।यस टीकापुर बजारमा दैनिक प्रकाशन हुने पत्रिका सामाधान न्यूज प्रत्रिको कम्प्युटर अपरेटर रुपमा  परिचित गराएको  छ ।  अहिले उहाँ आफ्नो अफिसमा  सजिलै काम गर्न सक्ने हुनु भएको छ र कुनै काममा समस्या  आएमा यस पुस्तकालयमा आइ त्यसको समस्याको समाधान पनि खोज्ने गर्नुहुन्छ। उहाँ भन्नु हुन्छ æमलाई फोटोसप पनि अलिअलि सिकाई दिनुस् ।Æ आज उहाँ यस  टीकापुर सामुदायिक पुस्तकालय र सहयोगी संस्था रिड नेपाल प्रति निकै नै सकरात्मक हुनुहुन्छ।  यसरी मलाई यो उमेरमा आएर कम्प्युटर सिकाइ सहयोग गर्नु हुने प्रशिक्षक सर हर्क मौनी  लाई धेरै धेरै धन्यवाद पनि प्रकट गर्न चाहान्छ ।

Tuesday, June 13, 2017

कक्षा १ देखि १० सम्मका अादरनिय गुरुवर्गमा नमस्कार



विद्यार्थी जिवनको सिकाईका  क्रममा कक्षा १ देखि १० सम्म प्रत्येक क्षणमा ज्ञानको ज्योति छर्दै मन र मष्टिकमा उर्जा दिनुहुने आदरनिय गुरुहरु मोती मा.वि. तर्फ रिमा शर्मा ,गजेन्द्र के.सी, बिर बहादुर के.सी, दुर्गा प्रसाद लम्साल, ओम प्रकाश जोशी ,राजेन्द्र पोख्रेल द्धारिका चौधरी  त्यसै गरी पशुपति उ.मा.वि.(मिलिनियम बि्ज एकाडेमी)  तर्फका आदरनिय गुरु  शेर बहादुर रायमाझी, सन्दिप जि.सी. ,सुभाष गौतम, छत्र जोशी, रमेश चौधरी,बल बहादुर रावल ,सन्तोष शर्मा लगायत हाल सम्म शिक्षा प्रदान गर्नुहुने सम्पूर्ण गुरुहरुलाई अभार प्रकट गर्दै  सम्झिन चाहान्छु ।